Home मुख्य समाचार २ जना फरार प्रतिवादी पक्राउ

२ जना फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान १० बजेर २० मिनेटको समयमा फरार प्रतिवादीहरूलाई उनीहरूको घरबाट फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ बस्ने ३० वर्षीय अर्जुन लामा तथा साविक इपापञ्चकन्या गाविस–२ घर भई हाल भीमफेदी गाउँपालिका–८ महादेवटार बस्ने ५५ वर्षीय बुद्धि कडायत रहेका छन् । पक्राउ परेका माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार रहेका थिए ।

Exit mobile version