Home मुख्य समाचार थाहा नगरमा आइतबार पनि विद्यालयहरु संचालन

थाहा नगरमा आइतबार पनि विद्यालयहरु संचालन

फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा संस्थागत विद्यालयहरु आईतबार पनि संचालनमा आएको छ । पालिकाका शिक्षा शाखा अधिकृत माधव विक्रम मल्लका अनुसार संस्थागत विद्यालयहरुले प्याव्सनसँग सहकार्य गरेर विद्यालय संचालन गरेको हो ।

थाहा नगरपालिका भित्र ११ वटा संस्थागत विद्यालय रहेका छन् । शिक्षा समितिको बैठक बसेर सामुदायिक विद्यालयहरु पनि आइतबार संचालनमा ल्याउन कार्ययोजना निर्माण गर्न लागिएको उहाँको भनाई छ । वर्षे विदा कटौति गर्ने अवस्था पालिकामा नभएको उहाँको भनाई छ । भौगोलिक विकटताका कारण वर्षाको समयमा विद्यार्थीहरु विद्यालयमा उपस्थित हुने अवस्था नभएको उहाँले बताउनुभयो । सकेसम्म बैठक बसेर आइतबार सामुदायिक विद्यालय संचालन गर्ने योजना रहेको छ । पालिका भित्र ५३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

थाहा नगरपालिका–२ पालुङ स्थित पालुङ अंग्रेजी आवासीय माध्यमिक विद्यालयको प्रधानाध्यापक जुनु उप्रेतीका अनुसार पाठ्यक्रम पहिलेका वर्षको अनुसार निर्माण भएका कारण आइतबार विद्यालय बन्दा हुँदा पाठ्यक्रम पूरा गर्न नसकिने भएका कारण कक्षा संचालन गर्नुपर्ने भएको हो । संघीय सरकारको निर्णय भए पनि आइतबार विद्यालय बन्द गर्दा कोर्ष पूरा गर्ने अवस्था नभए पश्चात विद्यालय संचालन गरिएको हो । पालिकालाई यसबारे जानकारी गराएको र पछि सरकारबाट नै बन्द गर्न दवाव आए बन्द गर्ने नत्र कक्षा संचालन गर्ने प्रधानाध्यापक उप्रेतिले जानकारी दिनुभयो ।

Exit mobile version