हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१२, पान्तलेस्थित बुद्ध माध्यमिक विद्यालयको ५९औँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले विद्यालयको नयाँ व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो । वडा अध्यक्ष अर्जुनप्रसाद तिवारीको पनि आतिथ्य रहेको अभिभावक भेलाले भक्तलाल घलानको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा बारुदेव कँडेल, विष्णुमाया घलान र तीर्थकुमारी सुनार चयन हुनुभएको छ । वडाअध्यक्ष अर्जुनप्रसाद तिवारी पदेन सदस्य रहनुभएको छ भने शिक्षक प्रतिनिधिका रूपमा मिना लामा चयन हुनुभएको विद्यालयले जनाएको छ । कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
