हेटौंडाः हेटौंडा उपमहानगरमा आज १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज १० महिला र ९ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । बुधबार सङ्कलित ११७ वटा स्वाब नमूनामध्ये १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।