Home मुख्य समाचार बालबोध माविमा नयाँ व्यवस्थापन समिति

बालबोध माविमा नयाँ व्यवस्थापन समिति

अभिभावकतर्फ नवनिर्वाचित ४ जना सदस्य र शिक्षक प्रतिनिधि ।

हेटौँडा : हेटौँडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । शनिबार भएको ६९औं अभिभावक भेलाले नयाँ समिति चयन गरेको हो । अभिभावक भेलाबाट अभिभावकमध्येबाट ४ जना सर्वसम्मत सदस्य चयन भएको प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अभिभावक भेलाबाट कृष्णदेव भण्डारी, शारदा अधिकारी, गोरे बहादुर श्रेष्ठ र पेमा नेपाली चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि बच्चु सापकोटा चयन हुनुभएको छ । नवनिर्वाचित समितिले २ जनालाई मनोनित गरेपछि व्यवस्थापन समितिको अध्यक्ष चयन गरिनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षता तथा वडाध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको हो । अभिभावक भेलामा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो ।

अभिभावक भेलामा अध्यक्ष प्रदीप अर्यालले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रधानाध्यापक श्रेष्ठले विद्यालयको शैक्षिक एवम् प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल सविन बास्तोलाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावक भेलाकै अवसरमा विद्यालयले नर्सरीदेखि कक्षा–९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । १२ कक्षासम्म पठनपाठन हुने बालबोध माविमा ४ सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version