Home खेलकुद बागमती गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र बागमती युथ भिड्ने

बागमती गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र बागमती युथ भिड्ने

पत्रकार सम्मेलको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : बैशाख १७ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ क्लब भिड्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन मार्फत् आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

उक्त तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको हो । खेल बिहीवार दिउँसो ३:३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।

यस्तै १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।

Exit mobile version