हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–८, पाङ्थलीका ६५ वर्षीय हरिबहादुर ब्लोनको खोल्सामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
बिहिबार दिउँसो घरदेखि १ किलोमिटर दक्षिणतर्फको खोल्सामा नुहाउने क्रममा हरिबहादुरको डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
