हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आइतबार साँझ थाहा–६, बज्रबाराहीस्थित बाराही खोलामा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ घर भई हाल थाहा नगरपालिका–६, बज्रबाराहीमा लिफ्टिङ सिचाई योजनामा कार्यरत विकास लिम्बुकी ६ वर्षीया छोरी युनिसा राईको खोलामा डुबेर मृत्यु भएको हो । युनिसाको शव पोस्मार्टमका लागि काठमाडौं टिचिङ अस्पताल पठाइएको छ ।










