सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–६, रामनगरका क्यान्सर पीडित राजकुमार दाहाललाई दाहाल प्रतिष्ठानले ७५ हजार रुपैयाँ सहयोग गरेको छ । दाहाल प्रतिष्ठानलाई कमअप विथ १०० कार्यक्रमबाट प्राप्त २५ हजार, रामहरि दाहालबाट प्राप्त २५ हजार योगेन्द्र दाहाल क्षेत्रीबाट प्राप्त २५ हजार गरी कुल ७५ हजार क्यान्सर पीडित रामहरी दाहाललाई हस्तान्तरण गरिएको हो ।

दाहाल प्रतिष्ठान बाग्मती प्रदेश कमिटीका अध्यक्ष शिवहरी, दाहाल प्रतिष्ठान केन्द्रिय कमिटीका सदस्यहरु दीपक दाहाल, रिपेश दाहाल, प्रकाश दाहाल, जिल्ला शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । क्यान्सर पीडित रामकुमार दाहालको स्वास्थ्य अवस्था सुधार हुँदै आएको भन्दै दाहाल प्रतिष्ठानका पदाधिकारीले खुसी समेत व्यक्त गरेका छन् ।