हेटौँडा : प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बुधबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको लुम्बिनी प्रदेशले ३९ ओभर २ बलमा १३८ रनमा अल आउट भएको थियो । १३९ रनको लक्ष्य पछ्याएको आर्मी क्लब २५ ओभर २ बलमा ९ विकेट गुमाएर लक्ष्य भेटाएको छ । यस्तै बुधबार नै वीरगन्जमा भएको अर्को खेलमा मधेश प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । वीरगंजको नारायणी रंगशालामा भएको खेलमा टस हारेर सुरुमा व्याटिङको निम्तो पाएको विभागीय टोली नेपाल पुलिस क्लब ४० ओभर ३ बलमा १३० रनमा अल आउट भएको थियो । १३१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २४ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको छ ।
