हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज १ सय ४५ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएको १ सय ४५ मध्ये ५१ जना कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्न स्वाबको नमूना सङ्कलन गरिएको छ ।

जसमध्येमा १४ जना गौरिटार आइसोलेसन वार्डमा रहेकाको र ३७ जना होम आइसोलेसनका बसेका सङ्क्रमितहरुको रहेको छ । त्यस्तै आज ९४ जना नयाँ व्यक्तिहरुको स्वाबको नमुना सङ्कलन गरेर हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाइएको आइसोलेसन वार्डका निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनु भयो ।