Home खेलकुद हेटौँडा फुटबल एकेडेमीले कटारी मेयर कप खेल्ने

हेटौँडा फुटबल एकेडेमीले कटारी मेयर कप खेल्ने

हेटौँडा : हेटौँडा फुटबल एकेडेमीले छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ । हेटौँडा फुटबल एकेडेमीले प्रतियोगितामा आज आइतबार नाइजेरियाको जस्त जोहन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जिल्ला खेलकुद विकास समिति उदयपुरको आयोजना तथा कटारी नगरपालिकाको सहयोगमा शनिबारदेखि प्रतियोगिता सुरु भएको छ । यस अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा हेटौँडा एकेडेमीसहित ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Exit mobile version