हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न जाँदा भीरबाट लडेर भीमफेदी–६ की ३५ वर्षीया सन्तोषी वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शनिबार बिहान पाखामा घाँस काट्दै गर्दा भीरबाट लडेर घाइते भएकी वाइबालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । शनिबार मध्यान्ह १२ बजे अस्पताल ल्याई पु¥याइएकी वाईबालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
