हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकास्तरीय (कक्षा–८) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको नतिजामा गाउँपालिका भित्र रहेको १६ वटा विद्यालय मध्ये २ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् ।

चैत्र ८ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको आधारभूत तहको परीक्षामा पालिकाबाट ३ सय २६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी भएका मध्ये २ सय ३५ जना (७६.६१ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । ९१ जना विद्यार्थी नन्ग्रेडेड् भएको पालिकाकी सहायक विद्यालय निरिक्षक भगवती घिमिरेले जानकारी दिनुभयो ।

शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयमा बुद्ध धर्म आधारभूत विद्यालय र रुपनारायण माध्यमिक विद्यालय रहेको छ । बुद्धधर्मबाट १२ जना र रुपनारायणबाट ११ जना विद्यार्थी सहभागी भएका थिए । त्यस्तै सबै भन्दा कमजोर नतिजा बंशगोपाल माध्यमिक विद्यालयको आएको छ । परिक्षामा ३० जना सहभागि भएका थिए भने ११ जना मात्रै ग्रेडेड भएका छन् ।