हेटौँडा : हेटौँडा फुटबल एकेडेमी १० औँ सूर्यनगर गोल्ड कप–२०८२ खेल्ने भएको छ । हेटौँडा फुटबल एकेडेमीले प्रतियोगिताको उद्घाटन खलमा शुक्रबार (आज) चितवनको हर्दि युवा समाजसँग प्रतिस्पर्धा गर्नेछ ।

नवलपरासी (बर्दघाट सूस्ता पूर्व) को बर्दघाट–१६ स्थित सूर्यनगरको श्री नव युवा क्लबको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षत्वमा सञ्चालित यस अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा हेटौँडा एकेडेमी सहित ८ वटा टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीका लागि पनि पुरस्कार व्यवस्था गरिएको छ ।