Home मुख्य समाचार चट्याङ लागेर भैसीको मृत्यु

चट्याङ लागेर भैसीको मृत्यु

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–७, राईटोलमा हावाहुरी र पानीसँगै परेको चट्याङका कारण एक भैसीको मृत्यु भएको छ । बिहीबार बिहान २ बजेको समयमा स्थानीय जितु राम राईको गोठमा बाँधेर राखिएको दुई वटा भैसीमध्ये एक भैसीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार अन्य कुनै मानवीय वा भौतिक क्षति भएको छैन् ।

Exit mobile version