हेटौँडा : उद्योग परिसंघ बागमती प्रदेशको पाँचौँ साधारण सभा हेटौँडामा सुरू भएको छ । संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भइरहेको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको पनि आतिथ्य रहेको छ । साधारण सभा पश्चात संघको तेस्रो अधिवेशन हुने कार्यसूची रहेको छ ।
