हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ अन्तर्गत मंगलबार भएको अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षामा मकवानपुर जिल्लामा १ सय ५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षामा ५ हजार ६ सय ३६ जना परीक्षार्थी उपस्थित हुँदा १ सय ५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जानकारी दिएको छ ।
परीक्षामा नियमित परीक्षार्थीहरुमध्ये साधारणतर्फ ५ हजार २८९ जना उपस्थित र ७५ जना अनुपस्थित भएका छन् भने प्राविधिक धारतर्फ १७९ जना उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै ग्रेडवृद्धितर्फ १ सय ६८ जना उपस्थित हुँदा २७ जना अनुपस्थिगत भएका छन् । मकवानपुरमा २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भइरहेको छ । चैत १९ गतेबाट सुरु भएको परीक्षा आउँदो आईतबारसम्म चल्नेछ ।
