Home खेलकुद कोशी विरुद्ध टस जितेर बलिङ गर्दै बागमती

कोशी विरुद्ध टस जितेर बलिङ गर्दै बागमती

कोशी प्रदेशविरुद्ध बलिङ गर्दै बागमती प्रदेशका बलर रिजन ढकाल ।

हेटौँडा : पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेश कोशी प्रदेश विरूद्ध बलिङ गरिरहेको छ । जानकपुरको रामजानकी क्रिकेट मैदानमा बुधबार बिहान बागमतीले टस जितेर बलिङ रोजेको हो ।

जारी प्रतियोगितामा हालसम्म ६ वटा खेल खेलेको बागमती प्रदेश दुई वटामा जित निकाल्न सकेको छ भने समान ६ खेल खेलेको कोशी प्रदेश जितविहिन रहेको छ । यस्तै, बुधबार नै मधेश प्रदेश र गण्डकी प्रदेशबीच पनि खेल भइरहेको छ । वीरगंजको नारायणी रंगशालामा भइरहेको खेलमा गण्डकी प्रदेशले टस जितेर बलिङ रोजेको छ ।

Exit mobile version