Home मुख्य समाचार मोतियाविन्दु भएका ११५ जनाको आँखा शल्यक्रिया

मोतियाविन्दु भएका ११५ जनाको आँखा शल्यक्रिया

मोतियाविन्दुको शल्यक्रियापछि सोमबार बिहान हेटौँडा सामुदायिक आँखा अस्पताल परिसरसमा आँखाको पट्टी निकालिँदै ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा मोतियाविन्दुका बिरामी भेटिएका १७५ जना मध्ये ११५ जनाको शल्यक्रिया भएको छ । क्लबले बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा आयोजना शिविरको आयोजना गरेको थियो । ३ दिन संचालन भएको शिविरमा ८१५ जनाको आँखा परीक्षण गरिएकोमा १७५ जनाको मोतियाविन्दुको भेटिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

शल्यक्रियाको क्रममा ६० जना नआएको अध्यक्ष प्रधानले बताउनुभयो । मोतियाविन्दु भेटिएका केहि घरायसी कामकाज र केहिलाई स्वास्थ्य समस्याका कारण शल्यक्रियामा सहभागी नभएका हुन् । शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीहरूको हेटौँडा सामुदायिक आँखा अस्पतालमा आइतबार शल्यक्रिया गरी सोमबार बिदाई गरेको प्रधानले बताउनुभयो । शिविर अवधिभर बिरामीहरूलाई खान, बस्न तथा आवतजावतको सम्पूर्ण सुविधा निःशुल्क प्रदान गरेको क्लबका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । स्थानीयस्तरमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाको यस पहलले ग्रामीण क्षेत्रका आँखाका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

Exit mobile version