हेटौँडा : बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन सोमबार विज्ञान विषयको परीक्षामा १५२ जना परीक्षार्थी अनुस्थित भएका छन् । मकवानपुर जिल्लामा ६ हजार २४ जना परीक्षार्थी उपस्थित हुँदा १ सय ५२ जना अनुपस्थित भएका हुन् ।
परीक्षामा नियमित परीक्षार्थीहरुमध्ये साधारणतर्फ ५ हजार ३८२ जना उपस्थित हुँदा ८५ जना अनुपस्थित भएका छन् भने प्राविधिक धारतर्फ १७९ जना उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै ग्रेडवृद्धितर्फ ४ सय ६३ जना उपस्थित हुँदा ६४ जना अनुपस्थित भएका छन् । मकवानपुरमा २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भइरहेको छ ।











