हेटौँडा : हेटौँडा–२, बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयलाई फ्रिज सहयोग गरेको छ । आइतबार सहकारीको २७औं स्थापना दिवसको अवसरमा विद्यालयलाई २७ हजार पाँच सय रुपैयाँ मूल्यको फ्रिज हस्तान्तरण गरिएको हो ।
सहकारीका सचिव रविन ढकाल, व्यवस्थापक पुष्पा क्षेत्रीसहित सहकारीका पदाधिकारी विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यप्रसाद नेपाल, विद्यालयका प्रधानाध्यापक गणेश धिताल, संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । ८ कक्षासम्म पठनपाठन हुने संस्कृत वेद विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थीलाई आवासीय सुविधासहित संस्कृत शिक्षा प्रदान गरिरहेकोले सञ्चालनका लागि आवश्यक नगद तथा जिन्सी सामग्री यस्तै सहयोगबाट प्राप्त हुने गरेको छ ।












