Home खेलकुद सुदूरपश्चिम विरूद्ध टस जितेर बलिङ गर्दै बागमती

सुदूरपश्चिम विरूद्ध टस जितेर बलिङ गर्दै बागमती

खेल सुरु गर्न टस गरिँदै ।

हेटौँडा : पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेश सुदूरपश्चिम प्रदेश विरूद्ध बलिङ गरिरहेको छ । जानकपुरको रामजानकी क्रिकेट मैदानमा आइतबार (आज) बिहान भइरहेको खेलमा बागमतीले टस जितेर बलिङ रोजेको हो ।

जारी प्रतियोगितामा हालसम्म ५ खेल खेलेको सुदूरपश्चिम प्रदेश ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने समान ५ खेलबाट ४ अंक मात्र जोड्न सकेको बागमती प्रदेश पुच्छारबाट तेस्रो स्थानमा रहेको छ । यस्तै, अर्को खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब खेलिरहेको छ । वीरगंजको नारायणी रङ्गशालामा भइरहेको खेलमा विभागीय टोली पुलिस क्लबले टस जितेर बलिङ रोजेको छ ।

Exit mobile version