हेटौंडा : पादरी संघ मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार गूड् फ्राइडेको अवसरमा हेटौँडाको बुद्धचोकमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरे ।
पादरी संघका जिल्ला अध्यक्ष पाष्टर सुबास गोपाली र योगदान राष्ट्रका लागि अभियानका प्रदेश अध्यक्ष पाष्टर पदम सेढाईले रक्तदान गरेर रक्तदान कार्यक्रम शुरु गरिएको थियो । स्टर सण्डे अन्तर्गत (आइतबार) का दिन हेटौँडामा बिहान मोटरसाइकल र्याली गर्ने संघ जिल्ला अध्यक्ष गोपालीले जानकारी दिनुभयो । येशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झनामा यस्ता कार्यक्रमहरु गर्ने गरेको इसाईहरु बताउँछन् ।
