Home मुख्य समाचार मकवानपुरगढीमा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुईजना घाइते

मकवानपुरगढीमा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुईजना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–२, मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार अपरान्ह ४ बजेर ३० मिनेटको समयमा स्थानीयवासी मिलेर फलामको पोल गाड्ने क्रममा पोल हाईटेन्सन लाइनमा छोइएपछि करेन्ट लाग्दा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–३, मापुङका ३५ वर्षीय राजकुमार गोले, सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले र मोरेका ३० वर्षीय राजकुमार स्याङतान घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राजकुमार गोलेलाई साँझ ५ बजेर ४० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मानबहादुरको अवस्था मध्यम रहेका छ भने राजकुमार स्याङतानको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version