Home मुख्य समाचार मकवानपुर र वीरेन्द्र बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

मकवानपुर र वीरेन्द्र बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

मकवानपुर र वीरेन्द्र बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र चितवन जिल्लाको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस बीच अन्तरक्रिया भएको छ । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसमा भएको अन्तरक्रियामा दुवै क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा वीरेन्द्र बहुमुखी क्याम्पसको भ्रमण टोलीले मकवानपुर बहुमुखी क्याम्पसको भौतिक, शैक्षिक तथा प्रशासनिक संरचनाको अवलोकन गरेको थियो । अन्तरक्रियाका क्रममा शैक्षिक गतिविधि, अनुसन्धान, जर्नल प्रकाशन, आर्थिक तथा प्रशासनिक विषयमा छलफल भएको थियो । साथै मकवानपुर बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट तेस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारीसहितका प्राध्यापक तथा कर्मचारीहरूको सहभागितामा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल लगायतसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा दुवै क्याम्पसबीच शैक्षिक अनुभव आदान–प्रदान, अनुसन्धान प्रवद्र्धन र संस्थागत विकासका विषयमा केन्द्रित छलफल भएको थियो ।

Exit mobile version