मामाघर नेपालका सहयोगीलाई आभारपत्र प्रदान गरिँदै ।

हेटौंडा: हेटौँडा–११, डाङ्डुङेस्थित मामाघर नेपाललाई पछिल्लो समय विभिन्न व्यक्तिहरुले जन्मदिन, पूण्यतिथि, विवाह वर्षगाँठ तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् । सडक बालबालिकाको उद्दार, संरक्षण र पारिवारमा पुनर्मिलन कार्य गर्दै आएको मामाघर नेपाललाई चैत १ गतेदेखि १५ गतेसम्म ७० हजार ३५५ रुपैयाँ प्राप्त भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देव कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा मामाघरलाई ३ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौंडा–४ निवासी किरण सेनले आफ्नो जन्मदिनको अवसरमा ५ हजार नगदसहित भान्जाहरुका लागि बेलुकीको खाना, हाम्रो जन्मभूमि सामाजिक संस्थाको ९०औं कार्यक्रम अन्तर्गत ११ हजार ५ रुपैयाँ सहयोग गर्नुहुँदै भान्जाहरुका लागि बेलुकीको खाना सेवा सहयोग गर्नुभएको थियो । काठमाडौ विश्वविद्यालय धुलिखेलमा एमविविएस तेस्रो वर्षमा अध्ययनरत पश्चिम नवलपरासीका नोबेल न्यौपानेले आफ्नो ब्रतबन्धमा प्राप्त दक्षिणा मध्ये ५ हजार ३ सय रुपैयाँ सहयोग गर्नु भएको छ ।

हेटौंडा निवासी अदिस घिसिङले आफ्नो जन्मदिनको अवसरमा स्टेसनरी सामग्री र खाजा, मकवानपुरको भिमफेदी गाउँपालिका–२ निवासी नवीन राना मगरले आफू वैदेशिक यात्रामा जाँदै गर्दा वार्षिक परीक्षाका लागि आश्रित बालकहरुका लागि अति आवश्यक स्टेशनरी, नवराज पण्डितले छोरी प्राप्ति ढुंगेलको जन्मदिनको अवसरमा स–परिवार उपस्थित हुनुहुँदै भान्जाहरुका लागि बेलुकीको खाजा तथा खाना सेवा सहयोग गर्नुभएको छ ।

हेटौंडा–१९ घर भई हाल बेलायत रहनु भएका सौजन्य रिमालले आफ्नो जन्मदिनको अवसरमा बिहानी खाजा सेवा (ब्रेड, बिस्कुट र दुध), हेटौंडा–७ निवासी सुरज श्रेष्ठ र देउकी श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिनु भएको सुखद् अवसरमा ५ हजार ५०, हेटौंडा–१६ निवासी बन्दना सापकोटा र सरोज न्यौपानेले छोरा सवल न्यौपानेको जन्मदिनको अवसरमा मामाघरलाई ६ हजार, प्रमोद पराजुली, यादव भट्टराई र सुमन पराजुलीले मामाघरको अवलोकन गर्नु हुँदै मामाघर नेपाललाई नगद १० हजार रुपैयाँ, हेटौँडा–४ घर भई हाल जर्मनी बस्नुहुने रितु अधिकारीले आफ्नो पारिश्रमिकको अंश नगद १८ हजार र मनकामनामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं स्थापना दिवसको अवसरमा नगद ६ हजार ५ सय उपलब्ध गराउनु हुँदै भान्जाहरुका लागि बेलुकी खाना सेवा सहयोग गर्नु भएको छ ।