Home मुख्य समाचार भीमफेदीमा हाईस दुर्घटना, ३ जना घाइते

भीमफेदीमा हाईस दुर्घटना, ३ जना घाइते

हेटौँडा : भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–११ गाईघाटका ८६ वर्षीय गोरे राई गम्भीर घाइते भएका छन् । उनी गाडीबाट हाम फाल्दा पछाडिको टायरले कुल्चिएको प्रहरीले जनाएको छ । त्यस्तै, ६२ वर्षीया हर्कमाया राई र ४० वर्षीय शम्भु कटुवाल मध्यम घाइते भएका छन् । गाडीमा चालकसहित १० जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ भने अन्य यात्रुहरू सामान्य उपचारका लागि आफैं गएका छन् । हाईस चालक सम्पर्कमा नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version