हेटौँडा : हेटौँडा अस्पतालले फागुन महिनाको मासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । अस्पतालले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा बहिरङ्ग (ओपिडी) र आकस्मिक सेवा गरी २८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालको प्रतिवेदन अनुसार फागुन महिनामा २२ हजार ७०२ जनाले बहिरङ्ग (ओपिडी) सेवा र ५ हजार ४ सय ४४ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा प्राप्त गरेका छन् । यसैगरी स्वास्थ्य परीक्षणतर्फ ७ हजार २०१ जनाले प्रयोगशाला सेवा, ५ हजार ४८९ जनाले एक्सरे, २ हजार २८५ जनाले भिडियो एक्सरे र १ हजार ७५५ जनाले ईसिजि सेवा लिएका छन् । ३ सय २३ जनाको सिटि स्क्यान, १६० जनाको ईको र ४६ जनाले इन्डोस्कोपी सेवा लिएको अस्पतालले जनाएको छ ।
प्रसुती तथा अन्य विशिष्ट सेवातर्फ पनि अस्पतालमा चाप देखिएको छ । प्रतिवेदन अनुसार २३८ जनाले प्रसुती सेवा, १०८ जनाले आईसियुमा उपचार र २१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै, जेष्ठ नागरिक अन्तर्गत ८२ जना र मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३ जनाले सेवा प्राप्त गरेका छन् । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ठूलो हिस्सा स्वास्थ्य बीमामा आबद्ध रहेका छन् । तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै २२ हजार ९ जनाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार सेवा लिएका छन् ।











