Home मुख्य समाचार हुन्डाईको सर्भिस क्याम्प सम्पन्न

हुन्डाईको सर्भिस क्याम्प सम्पन्न

हेटौँडाः हेटौँडा मेनरोडमा रहेको हुन्डाई शोरुमले सञ्चालन गरेको दुई दिने विशेष सर्भिस क्याम्प सम्पन्न भएको छ । ‘हुन्डाई फोरेभर केयरः केयर बियोन्ड सर्भिस’ भन्ने मूल नाराका साथ मंगलबार र बुधबार क्याम्प सञ्चालन गरिएको थियो ।

क्याम्पमा २० जना सेवाग्राहीले आफ्ना सवारी साधनको चेकजाँच तथा मर्मत सेवा प्राप्त गरेको शोरुमले जनाएको छ । सेवाग्राहीलाई प्रोत्साहन गर्न शोरुमले आकर्षक छुटको व्यवस्थासमेत गरेको थियो । क्याम्पमा गाडीको सम्पूर्ण स्पेयर पार्टसमा १० प्रतिशत, मिस्त्री शुल्क (लेबर चार्ज) मा २० प्रतिशत र मोविलमा १० प्रतिशत छुट प्रदान गरिएको थियो । छुटका अतिरिक्त गाडीको सामान्य चेकजाँच, जिडिस चेकअप, एसी र ब्याट्रीको अवस्था परीक्षण निःशुल्क गरिएको थियो ।

यस विशेष क्याम्पबाट सेवाग्राहीले उल्लेखनीय आर्थिक लाभ प्राप्त गरेको सर्भिस इन्चार्ज सञ्जीव गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पमा सहभागी हुनाले सेवाग्राहीको न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म बचत भएको सर्भिस इन्चार्ज संजिव गुप्ताले जानकारी दिनुभयो ।

हेटौँडा शोरुमले विगत ५ वर्षदेखि नियमितरूपमा यस्ता सर्भिस क्याम्पहरू आयोजना गर्दै आएको छ । सर्भिस इन्चार्ज गुपताका अनुसार वर्षमा ४ पटक (मार्च, जुन, अगस्त र नोभेम्बर महिनामा) यस्ता क्याम्प सञ्चालन गर्ने गरिएको छ । नियमित चेकजाँचले गाडीको आयु बढ्ने र यात्रा सुरक्षित हुने भएकाले सेवाग्राहीको आकर्षण बढ्दै गएको देििखएको छ ।

Exit mobile version