हेटौँडा : हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष जुना दाहाल चयन हुनुभएको छ ।
सोमबार विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको बैठकले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा वडा सदस्य संजय बिडारी, जनकप्रसाद लामिछाने, गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल, जमुना राई चयन हुनुभएको छ ।
