हेटौँडा : इन्टरनेटको तार जडान गर्ने क्रममा लडेर हेटौँडामा एकजनाको मृत्यु भएको छ । हेटौँडा–४ श्रमिकपथमा विजुलीको पोलमा इन्टरनेटको तार जडान गर्ने क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका–६, खरकाण्डेताल घर भई हाल हेटौँडा–१, चौकीटोलमा डेरा गरी बस्दै आएका १८ वर्षीय भुवन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार अपरान्ह ४ बजेर ५० मिनेटको समयमा विजुलीको पोलबाट लडेर गम्भीर घाइते भएका भुवनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा भुवनको सोमबार अपरान्ह ५ बजेर ३० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुुरले जानकारी दिएको छ ।
