Home मुख्य समाचार विद्यार्थीलाई चरेश बेचेको अभियोगमा थाहा नगरकी कल्पना पक्राउ

विद्यार्थीलाई चरेश बेचेको अभियोगमा थाहा नगरकी कल्पना पक्राउ

लागूऔषध नियन्त्रण व्यूरो जारी गरेको विज्ञप्ति ।

हेटौँडा : काठमाडौंका विद्यालय तथा विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीलाई लागूऔषध चरेश बेचेको अभियोगमा मकवानपुरको थाहा नगरपालिकाकी ३८ वर्षीया कल्पना तामाङ पक्राउ परेकी छिन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले कल्पनालाई गत बिहिबार ललितपुर महानगरपालिका–१८ बाट कल्पनालाई पक्राउ गरिएको जनाएको छ ।

विद्यार्थीलाई लागूऔषध चरेश विक्री गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरोले कल्पनालाई २ केजी ३ सय ग्राम लागूऔषध चरेश र डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ । कल्पनाको स्थायी ठेगाना थाहा नगरपालिका–११ रहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले काठमाडौंबाट पनि लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगर–१५, कारखानाचोकबाट प्रहरीले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ का ३१ वर्षीय विशाल श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाकै चौतारा नगरपालिका–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सागर तामाङलाई प्रहरीले ३७ ग्राम ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डिजिटल तराजु पनि बरामद गरेको छ ।

उनीहरुलाई पनि प्रहरीले बिहिबार नै पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानको सिलसिलामा उनीहरुलाई लागूऔषध खैरो हेरोइन बेच्ने भारतीय नागरिक २५ वर्षीय विपुल बर्मालाई शुक्रबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका–११, बसपार्कबाट १०० ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेकाहरुलाई कानूनबमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

Exit mobile version