Home मुख्य समाचार ईन्द्रसरोवरमा सुमो दुर्घटना एक जना घाइते

ईन्द्रसरोवरमा सुमो दुर्घटना एक जना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडाः ईन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।


शुक्रबार बिहान इन्द्रसरोवर –३ थिङडाँडास्थित सिस्नेरी दक्षिणकाली सडक खण्डमा हेहेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०४ नम्बरको टाटा सुमोको ब्रेक फेल भई सडक छेउको नालामा खसि दुर्घटना भएको थियो । दुर्घटनामा परेर सुमोमा सवार १० जना यात्रुमध्ये मकवानपुरगढी–५ बस्ने ४० वर्षीय शंकरनाथ अधिकारी घाइते भएका हुन् । घाइते अधिकारीको ट्रामा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । सुमो चालक हेटौँडा–७ नागस्वोति बस्ने ५१ वर्षीय कुल प्रसाद गौतम प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version