Home मुख्य समाचार मनहरीमा सवारी दुर्घटना ३ जना घाइते

मनहरीमा सवारी दुर्घटना ३ जना घाइते

हेटौँडाः मनहरीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।


बुधबार मनहरी –७ लच्कास्थित पूर्व–पश्चिम सडक खण्डमा मनहरीबाट लोथरतर्फ जाँदै गरेको ना २ ह ५५०२ नम्बरको अटोलाई सोहि दिशातर्फ जाँदै गरेको ग २ च ७१३८ नम्बरको बोलेरो ठक्कर दिदाँ दुर्घटना भएको थियो । दुर्घटनामा अटो चालक मनहरी –७ रमनटार बस्ने ३४ वर्षीय अशोक लामा, अटोमा सवार मनहरी –६ नयाबस्ति बस्ने २६ वर्षिय रोशन प्रजा र चितवनको राप्ति नगरपालिका –१ लोथर बस्ने ५१ वर्षीया सिता कडेल घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागी मनहरी अस्पताल पठाईएको प्रहरी जनाएको छ । दुवै गाडी र बोलेरो चालक लमजुङको मध्य नेपाल नगरपालिका –८ बस्ने ३१ वर्षीय गणेश बोटे इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version