सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा यात्रुवाहक हायस गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा परेर ४ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार इन्द्रसरोवर–३, धाराखोल्सास्थित दक्षिण काली सडकखण्डमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बा ४ ख ६०३५ नम्बरको हायस गाडीको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गाडी चालक सर्लाहीको बरहथवा–६ का २५ वर्षीय करण श्रेष्ठसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सर्लाहीको बागमती–९ का २ वर्षीय आयुष मगर, सोही स्थानका ६ वर्षीय अविनास परियार र बरहथवा–७ का २१ वर्षीय बिक्की कुमार रहेका छन् । उनीहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।