रोदी घरको उद्घाटन गर्नुहुँदै प्रमोदसिंह रानाभाट र सञ्चालक आभास क्षेत्री ।

हेटौँडा : १ करोड रुपैयाँ लगानीमा हेटौँडामा सिरेटो रोधी गजल घर सञ्चालनमा आएको छ । आइतबारबाट हेटौँडा–१०, वाइपासरोडमा रोधी घर सञ्चालनमा आएको हो । थकाली खानासँगै साँझको समयमा दोहोरी, गजलसँगै मौलिक नेपाली लोक भाकाको सांगीतिक प्रस्तुती रहने बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले रोधी घरको उद्घाटन गर्नुभयो ।

रोधी घर उद्घाटन गर्नुहुँदै अध्यक्ष रानाभाटले पारिवारिक वातावरणमा कानून बमोजिमका क्रियाकलाप गर्न आग्रह गर्नुभयो । रोदी, दोहोरी, गजलको नाममा अश्लिल र कानूनविपरितका कार्य नगर्न अध्यक्ष रानाभाटले सञ्चालकलाई आग्रह गर्नुभएको छ । रोधी घरका सञ्चालक प्रभास क्षेत्रीले हेटौँडामा पारिवारिक वातावरणमा दोहोरी, गजल, लोक भाकाको सांगीतिक मनोरञ्जन गराउने उद्देश्यले रोधी घर सञ्चालनमा ल्याएको बताउनुभयो । काठमाडौंमा दोहोरी घर सञ्चालन गरिसक्नु भएका प्रभासले प्रदेश राजधानीको रुपमा स्थापित हेटौँडामा व्यावसायिक सम्भावना देखेर लगानी गरेको बताउनुभयो ।