हेटौँडा : स्वरोजगार यातायात मजदुर मकवानपुरको अध्यक्षमा शोभा कुमारी खनाल चयन हुनुभएको छ । कम्पनीको आइतबार सम्पन्न पाँचौं वार्षिकोत्सव तथा पहिलो साधारणसभाले अध्यक्षमा खनाललाई चयन गरेको हो ।
अध्यक्ष खनालसँगै उपाध्यक्षमा अक्कल बहादुर थिङ र दुर्घटना संयोजकमा शिवहरी पुर्वछानेलाई पनि चयन गरेको छ । समितिको सचिवमा तीर्थराज खनाल, कोषाध्यक्षमा दिनेश खड्का, सदस्यहरुमा बुद्ध कुमार राई, आकाश डिम्डुङ, केशव रसाइली हुनुहुन्छ । कार्यक्रमको अवसरमा हेटौँडाका १६ जना अटो तथा इ–रिक्सा चालक महिलाहरुलाई नगदसहित सम्मान गरिएको थियो । साधारणसभामा कार्यसमितिका कोषाध्यक्ष दिनेश खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष राकेश कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन महासंघका मकवानपुर अध्यक्ष रामशरण घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती सचिवालय सदस्य बिष्णु राना, कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुक्रपति दाहालका लगायतका व्यक्तिहरुको उपस्थिति थियो । कम्पनीले हरेक वर्ष चैत्र १ गते वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै आइरहेको छ ।











