हेटौँडाः काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सोमबार (आज) लिग चरणको अन्तिम खेल भइरहेको छ । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा मकवानपुरले टस हारेर ललितपुर विरुद्ध फिल्डिङ गर्दैछ ।

खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको छ । प्रतियोगितामा ५ खेलेका मकवानपुरले २ खेल जित्दा ३ खेलमा हार व्यवहोरेको छ । मकवानपुर ४ अंकसहित अंक तालिकाको ५ औँ स्थानमा छ । समान ५ खेलेका ललितपुर ८ अंकसहित अंक तालिको दास्रो स्थानमा रहेको छ । मकवानपुर फाइनलको दौडबाट यसअघि नै बाहिरी सकेको छ भने ललितपुरको फाइनल खेल्ने सम्भावना कायमै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा चितवन र भक्तपुर खेलीरहेको छ ।

यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा काठमाडौं र त्रिभुवन विश्वविद्यालय बीचको खेल भइरहेको छ । लगातार ५ वटै खेल जिते काठमाडौं यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । ६ अंकसहित अंक तालिको तेस्रो स्थानमा रहेको ललितपुर र समान अंकसहित चौथो स्थानमा रहेको भक्तपुरको फाइनल खेल्ने सम्भावना कायमै छ । ७ वटा टिम सहभागी प्रादेशिक छनोट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको टिम अंक नजोड्ने एक्लो टिम बनेको छ ।

लिग चरणको अन्तिम खेलपछि शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल खेल्नेछ । फाइनल खेल मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।