हेटौँडा : मकवानपुरकी पवित्रा बिश्वकर्मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस हुनु भएको छ ।
आइतबार नेपाली काँग्रेसले समानुपातिकतर्फ प्राप्त २० सिटमा दलित कोटामा पवित्रालाई प्रतिनिधिसभा सदस्य सिफारिस गरेको हो । पवित्रा दलित समुदायको अधिकार र सशक्तीकरणमा सक्रिय व्यक्ति हुनुहुन्छ ।











