हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडा–५ पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलको निर्माण सम्पन्न गर्न थप ५० हजार सहयोग प्राप्त भएको छ । रोजगारीको शिलसिलामा हाल क्यानडामा बस्दै आउनुभएका मकवानपुरका पूर्व फुटबल खेलाडी हेटौंडा–९ निवासी अमुन गुरुङले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।

कर्भडहल निर्माणमा सहयोग गर्ने व्यक्ति
अमुन गुरुङ

यस्तै कभर्डहल सम्पन्न गर्नका लागि सोमबार पनि ४५ हजार सहयोग प्राप्त भएको थियो । दैनिकजसो देश–विदेशबाट कभर्डहलको निर्माणको लागि सहयोग प्राप्त भैरहेको छ भने निर्माणकार्य अन्तिम चरणमा पुगेको पिप्ले युवा क्लबका अध्यक्ष घिमिरेले बताउनुभयो ।