Home अर्थ/व्यापार हेटौँडा टु मकवानपुरगढी बाइक राइड

हेटौँडा टु मकवानपुरगढी बाइक राइड

हेटौँडा : यामाहा कम्पनिको आर वान फाइभ र एम टी वान फाइभ मोडलका बाइक राइडरहरुका लागि हेटौँडा टु मकवानपुरगढी राइड कार्यक्रम शनिबार भएको छ । ३० जना राइडर सहभागी कार्यक्रममा मकवानपुरगढी दरबार पुगेपछि राइडरहरुबीच बिस्तारै मोटरसाइकल चलाउने, जिम, डोरी तान्ने, दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

यामाहा कम्पनिका दुइपाङ्ग्रे सवारीका लागि हेटौँडाको आधिकारिक विक्रेता राज मोटर्सले आयोजना गरेको कार्यक्रमबाट बाइक राइडरहरुसँग अनुभव आदानप्रदान गर्नुका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको राज मोटर्सका प्रोप्राइटर राजन श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडा–४ स्थित राज मोटर्सको शोरुमबाट सुरु भएको राइड हेटौँडा बजारको परिक्रमापछि मकवानपुरगढी प्रस्थान गरेको थियो । यामाहा कम्पनिले आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि आवधिक रुपमा विविध क्रियाकलाप गर्ने गरेको छ । यसअघि स्कुटरको माइलेज च्यालेन्ज कार्यक्रम पनि गरिएको थियो ।

Exit mobile version