Home मुख्य समाचार सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु

सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–८, बोचमा सिँढीबाट लडेर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय बलबहादुर भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

वैशाख ७ गते साँझ ६ बजेको समयमा स्थानीय प्राप्ती खाजाघरको सिँढीबाट लडेर भुजेल गम्भिर घाइते भएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेका भुजेलको बायाँ कानमा गम्भीर चोट लागेको थियो । घाइते भुजेललाई पशुपति चौलागाईं स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । बिहीबार बिहान ११ बजेको समयमा आफ्नै घरमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version