Home मुख्य समाचार हटियामा ४३ जनाले रक्तदान गरे

हटियामा ४३ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : डिभाइन युथ क्लब हेटौंडाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–१७, हटियाचोकमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ५ जना महिला र ३८ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको सहकार्य एवम् रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । स्थानीय युवा, समाजसेवी, डिभाइन युथ क्लब नेपालका सदस्य तथा सर्वसाधारणले रक्तदान गरेका थिए । मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण हुने भएकाले समाजमा रक्तदानप्रति जागरण फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । संकलित रगत उपचारका क्रममा रगत आवश्यक परेका बिरामीहरूका लागि उपयोग गरिने रक्तसञ्चार केन्द्र हेटौँडाले जानकारी दिएको छ ।

Exit mobile version