Home मुख्य समाचार चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, स्याउली बजारमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा ना ४७ प ६६०३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा सप्तरी जिल्लाको मजौरा गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–१० मालपोतचोकमा डेरा गरी बस्ने ४५ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राती चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक रुपन्देही जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–१० विशालचोकमा डेरा गरी बस्ने २० वर्षीय सुवास लामिछानेलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version