Home खेलकुद प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : मकवानपुर जवाफी ब्याटिङ गर्दै

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : मकवानपुर जवाफी ब्याटिङ गर्दै

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट खेलमा अहिले मकवानपुरले जवाफी ब्याटिङ सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयको टिम विरुद्ध मकवानपुरले जवाफी ब्याटिङ सुरु गरेको हो।

टस जितेर त्रिभुवन विश्वविद्यालयको टिमले पहिले व्याटिङ गरेको थियो। त्रिभुवन विश्वविद्यालयको टिमले कमजोर व्याटिङ गर्दै ३५ ओभर ३ बलमा सवै विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो। त्रिभुवन विश्वविद्यालयका लागि सुरज तिरुवाले अविजित रहँदै ९६ रनको योगदान गरे पनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन्।

त्रिभुवन विश्वविद्यालयको टिमलाई कडा चुनौति दिँदै मकवानपुरका शुभ कंसाकार र मोहम्मद अहमद राजाले ३÷३ विकेट लिए भने साकार गजुरेलले २ विकेट लिए । प्रतियोगिताको चौथो खेल खेल्दै गरेको मकवानपुरले यसअघि २ खेलमा हार व्यहोर्दा १ खेलमा जीत दर्ता गरेको छ । अहिले नै काठमाडौं र चितवन जिल्ला र ललितपुर र नुवाकोटबीच पनि खेल भइरहेको छ ।

Exit mobile version