हेटौँडा : बकैया गाउँपालिका–८ स्थित जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानबहादुर थोकर निर्वाचित हुनुभएको छ । बुधबार ४७औं अभिभावक भेलाबाट थोकर अध्यक्ष निर्वाचित हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा सञ्जयकुमार थोकर, जरिमाया वाईबा, रोदन घलान, भीममाया न्यासुर र लालकुमारी थिङ चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक इशु लामाले जानकारी दिनुभयो । बुधबार ४ जना अभिभावक प्रतिनिधि चयन गरेको थियो । अभिभावक प्रतिनिधिको रुपमा ज्ञानबहादुर, सञ्जयकुमार, भीममाया र लालकुमारी चयन हुनुभएको थियो । जरिमाया र रोहद २ जनालाई मनोनित गरेपछि बिहिबार व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको हो ।
