हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत आज तेस्रो दिन जेसीज सदस्यहरुको सहभागितामा व्यावसायिक अन्तरक्रिया भएको छ । नेपाल जेसीजका पूर्वअध्यक्ष भोलेश्वर दुलाल प्रमुख वक्ताको रुपमा रहनुभएको अन्तरक्रियामा व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा, व्यावसायिक रणनीति, कोरोनाको सन्दर्भमा देखिएका समस्या र ध्यान दिनुपर्ने पक्षका विषयमा बोल्नु भएको थियो । भर्चुअल माध्यमबाट आयोजना गरिएको अन्तरक्रिया जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँको अध्यक्षतामा भएको हो ।

अन्तरक्रियामा जेसीआई हेटौंडाका पूर्व अध्यक्षहरु श्याम पौडेल, गणेशकुमार श्रेष्ठ, प्रभात पौडेल, जितेन्द्र कर्माचार्य, कृष्णबहादुर कार्की, दीपकराज मिश्र, अरुण कुमार दाहालको पनि उपस्थिति रहेको थियो । जेसीआई हेटौंडा तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, नेपाल जेसीजक राष्ट्रिय उपाध्यक्ष कञ्चन झा ठाकुरको पनि उपस्थिति रहेको थियो । जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष निशा रोका, जेसीआई बसामाडीका पूर्वअध्यक्ष अनिल अग्रवाल, जेसीआई पालुङका अध्यक्ष मनोज रायमाझी, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेल पनि अन्तरक्रियामा सहभागी हुनुहुन्थ्यो ।

अन्तरक्रियामा दीपकराज मिश्रले सहजीकरण गर्नुभएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवम् जेसीआई हेटौंडाका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, जेसीआई हेटौंडाका पूर्व अध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पनि अन्तरक्रियामा व्यावसायिक क्षेत्रको बारेमा बोल्नु भएको थियो । जेसीज सप्ताहअन्तर्गत आजको अन्तरक्रियाको संयोजक जेसीआई हेटौंडाका उपाध्यक्ष विवेकानन्द न्यौपाने रहनु भएको थियो ।