Home जीवनशैली दुई ट्रक एकआपसमा ठोक्किए, एक चालक गम्भीर घाइते

दुई ट्रक एकआपसमा ठोक्किए, एक चालक गम्भीर घाइते

हेटौँडाः कान्ति लोकपथमा दुई ट्रक एकापसमा ठोक्किदा एक जना चालक गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको ।

बुधबार राति ११ बजेर ३५ मिनेटको समयमा मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित सडक खण्डमा उक्त दुर्घटना भएको हो । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र विपरीत दिशा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोकिएको थियो ।


दुर्घटनामा ४६४१ नम्बरको ट्रकका चालक सिन्धुलीको दूधौली नगरपालिका–१४ बस्ने २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अर्को ट्रक (४५०१ नम्बर) का चालक बागमती गाउँपालिका–७ बस्ने ४३ वर्षीय बेल कुमार स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version