हेटौँडाः प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर क्षेत्र नम्बर २ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ अग्रता कायमै राखेको छ । आईतबार दिउँसोदेखि सुरु भएको समानुपातिकतर्फको मत गणनामा सुरुदेखि हालसम्म रास्वपाले आफ्नो अग्रता कायममै राखेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार ५० हजार ६४४ मत गणना हुँदा रास्वपाले २२ हजार ९२ मत प्राप्त गरेको छ । रास्वपालाई पछ्याइरहेको नेकपा (एमाले) ले ८ हजार ६८८ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५ हजार ३५८मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार १३ मतका साथ चौथो स्थानमा रहेको छ भने नेपाली काँग्रेसले ४ हजार ६४९ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । गणना गरिएको कुल ५० हजार ६४४ मध्ये ४८ हजार ६९० मत सदर हुँदा १ हजार ९५४ मत बदर भएको छ ।